प्रदेश नं. १ मा कोरोना संक्रमण समुदायस्तरमा फैलिने जोखिमलाई मध्यनजर गर्दै बराहक्षेत्र नगरपालिकाले अत्यावश्यक कामबाहेकका नगर कार्यपालिकाको कार्यालय प्रवेशमा सेवाग्राहीलाई रोक लगाएको छ ।

कोरोना भाइरसको प्रकोप देशव्यापी रुपमा वृद्धि भइरहेको र बाहिरी जिल्ला तथा देशविदेशबाट समेत मानिस आवतजावत गर्ने क्रम जारी रहेकाले कार्यालयमा अत्यावश्यक कामबाहेक नगर कार्यपालिकामा प्रवेश गर्न रोक लगाएको प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोख्रेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। सुनसरी जिल्लामा समेत कोरोना भाइरसको संक्रमण देखिएकाले काम दर्शाई, अनिवार्य मास्कको प्रयोग गरी, साबुनले हात धोई र थर्मल गनबाट चेक गराईमात्र कार्यालय प्रवेश गर्न सूचित गरिएको छ ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया