- दिलिप कुमार साह

राजविराज। एक जना प्रहरी सहित सप्तरी जिल्लामा छ जना प्रहरीमा कोरोना भाइरसबाट सङ्क्रमित भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । सङ्क्रमित भएका प्रहरीहरु मध्ये चार जना निको भएर घर गईसकेको र एक जना आइसोलेसनमा उपचार गराई रहेको र नयाँ एक जनालाई आइसोलेसनमा राख्ने तयारीमा भइरहेको बताउनुभयो ।

पछिल्लो पटक राजविराज स्थित प्रहरी तालिम इकाइ केन्द्रका ३० वर्षीय प्रहरी हवल्दार, राजविराज नगरपालिका वडा नम्बर ६ का ४५ वर्षकी महिला, सोही वडाका उमेर नखुलेका एक पुरुष, र वडा नम्बर नखुलेका २७ र २८ वर्षका पुरुषमा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालय, सप्तरीका शर्मिला चौधरीले जानकारी दिनुभयो । यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ४७० पुगेको बताइएको छ । ३८६ जनाको स्वाब परीक्षणको प्राप्त रिपोर्ट अनुसार थपिएका सङ्क्रमितहरूमा एक प्रहरी, एक महिला, एक फलफूल व्यापारी सहित पाँच जना रहेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । थपिएका सङ्क्रमितहरूलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको यादवले बताउनुभयो ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया