- दिलिप कुमार साह

राजविराज । कञ्चनरुप नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै कोरोना समुदायिक रुपमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै शनिबार देखि पुन लकडाउन गर्ने भएको छ । विश्वप्यापी रुपमा फैलिरेको कोभिड–१९ रोग हाल समुदायिक रुपमा फैलिन सम्भावनालाई मध्यनजर गर्दै यस नगर क्षेत्रभित्र उच्च जोखिम न्युनिकरणका लागि सबै हाट बन्द रहने सूचना जारी गरेको हो ।

नगरकार्यपालिले शुक्रबार सूचना जारी गर्दै  कञ्चनपुर,बरमझिया,पोटरी,बलुवा,रुपनगर बरदहट्टा।सिमरा,बक्साहा,बेङ्गरीका सबै हाट र गुद्री र साथै सबै बजार अर्को सूचना नआएसम्म बन्द गर्न सूचना जारी गरेको हो ।यस नगर क्षेत्रभित्र उच्च जोखिम न्युनिकरणका लागि नगरकार्यपालिको कार्यलय र वडा कार्यलयहरुबाट प्रवाह हुने अतिआवश्यक सेवा वाहेक सार्वजनिक सेवाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि बन्द गरिएको छ । नगरपालिकाले अति आवश्यक काम वाहेक घरबाट वाहिर ननिस्कन र निस्किनु परे भने अनिवार्य रुपमा मास्क लगाएर बाहिर निस्कन आग्रह गरेको छ । कोरोना संक्रमण (कोभिड १९) को जोखिम बढेको भन्दै सोमबारदेखि राजगढ, अग्नीसाइर कृष्णसवरन गाउँपालिका, रुपनी गाउँपालिका, बुधबार शम्भुनाथ नगरपालिका तथा बिहिबार बिष्णुपुर गाउँपालिकाले पालिकाबाट प्रवाह हुने अति आवश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छन् ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया