काठमाडौँ – अब सबै नगरपालिकाले व्यवस्थित सहरीकरणको मापदण्ड पालना गर्नुपर्ने भएको छ । अधिकांश नगरपालिका व्यवस्थित सहरीकरणतर्फ उन्मुख हुन नसकेका बेला अब व्यवस्थित मापदण्ड पालना गराउने तयारी गरिएको हो । नेपाल नगरपालिका सङ्घले २९३ वटै नगरपालिकाको एकीकृत सहरी पूर्वाधारको विकासको मापदण्ड अगाडि सारेको छ । सङ्घले सबै नगरपालिकामा सहरी पूर्वाधार कायम गर्ने, सहरी गरिबी, सुुकुम्बासी तथा आर्थिक विकास, सहरी पर्यावरण तथा सरसफाइ, विपद् तथा सङ्क्रमण रोग व्यवस्थापन, वित्त व्यवस्थापन, लगानी तथा स्रोत परिचालन गरी कार्यान्वयन गर्न आवश्यक सहजीकरण गर्ने योजना बनाएको छ ।

त्यस्तै स्थानीय मेलमिलाप र न्यायिक समिति, सहरी कृषि, वन र जलवायु, जलस्रोत र नविकरणीय ऊर्जा, आधारभूत स्वास्थ्य, शिक्षा र दीगो विकासका लक्ष्य, संस्कृति, सम्पदा र सहरी पर्यटन, स्मार्ट सिटी, सूचना र प्रविधि, योजना, पूर्वाधार तथा सहरी यातायात र मेट्रो सिटी व्यवस्थापन गर्ने गरी सूचक निर्माण गरी कार्यान्वयन गर्न लागिएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष अशोककुमार व्यञ्जु (श्रेष्ठ) ले आम नागरिकले नगरपालिकाबाट प्राप्त गर्ने सेवालाई व्यवस्थित र प्रभावकारी बनाई आधुनिक सहरीकरणको अपनत्व महसुस गर्ने गरी सङ्घले योजना बनाएर त्यसलाई कार्यान्वयन गर्न लागेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया