भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको हो । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई सास फेर्न गाह्रो भएलगत्तै अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । भारतीय मिडियाहरूमा उल्लेख गरेअनुसार उनको कोभिड १९ को रिपर्ट नेगेटिभ आएको छ ।

अस्पतालको आइसीयुको गैरकोभिड वार्डमा राखेर उनको थप उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थीर रहेको चिकित्सकहरूले जानकारी दिएका छन् । डाक्टरहरू उनको अक्सिजन स्तर एक्कासी खस्किएका कारण बुझ्नका लागि गरिएको परीक्षणको रिपोर्टको पर्खाइमा रहेका छन् । स्वास्थ्यमा समस्या नआएको खण्डमा उनलाई भोलि अस्पतालबाट डिस्चार्ज गरिनेछ । दत्त हाल मुम्बईमा एक्लै बस्दै आएका छन् । लकडाउनका कारण उनकी श्रीमती र दुई बच्चाहरू विदेशमै रहेका छन् ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया