- अमर काफ्ले

इनरुवा। जिल्लामा संक्रमित बढ्दै गएपछि आइसोलेसन वेडको क्षमता समेत बढाउन थालिएको छ । अस्पतालमा वेड अभाव हुन थालेपछि संक्रमित राख्न सुनसरी प्रशासनले आइसोलेसन वेड थप्ने पहल थालेको थियो । प्रदेश सरकारले समेत सुनसरीमा १ सय ५० वेड स्विकृत गरी सकेको छ । सोही अनुरुप सुनसरीको हरिनगर गाउँपालिकामा रहेको भुटाहा जेनरल हस्पिटलको भवनमा ५० वेडको आइसोलेसन संचालनमा ल्याई सकिएको छ । चरतामा १ सय वेड संचालनको अन्तिम तयारीमा छ ।

त्यसैगरी धरानमा समेत ५० वेडको आइसोलेसन तयार पारिएको सुनसरी प्रशासनले जनाएको छ । जसमध्ये २२ वेड तत्कालैबाट संचालनमा आउने गरी व्यवस्था मिलाइएको सुनसरी प्रशासनले जनाएको छ । प्रशासनले जिल्लामा आवश्यक्ता अनुसार थप व्यवस्थापन मिलाउने गरी पूर्व तयारीमा जुटेको समेत जनाएको छ । यसै बिच सुनसरीमा कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ । सुनसरीमा आजै मात्र १५ जना संक्रमित थपिएका छन् ।

प्रदेश सरकारले १४ जना थपिएको जनाए पनि स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लाभर आज १५ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईका अनुसार सुनसरीको धरानमा ९, दुहबीमा ४ र कोशी गाउँपालिकामा २ संक्रमित थपिएका छन् । प्रसाईका अनुसार जिल्लाका कुल संक्रमित मध्ये १ सय २८ जना निको भएर घर फर्किएका छन् ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया