काठमाडौँ – कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब रुपियाँले घटेको छ । प्रतिवेदन अनुसार गत आवको वैशाखदेखि असार मसान्तसम्म टेलिकमले ९ अर्ब २२ करोड २४ लाख रुपियाँ आम्दानी गरेको छ । यसमध्ये सेवा बिक्रीबापत ७ अर्ब ७३ करोड ८० लाख र अन्य तर्फ एक अर्ब ४८ करोड ४३ लाख रुपियाँ आम्दानी भएको छ ।

त्यसको अघिल्लो आव २०७५/७६ को सोही अवधिमा टेलिकमले ११ अर्ब ३६ करोड ३२ लाख रुपियाँ आम्दानी गरेको थियो । त्यसमध्ये सेवा बिक्रीबापत ९ अर्ब २६ करोड र अन्यतर्फ दुई अर्ब रुपियाँ आम्दानी कम्पनीले गरेको थियो । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि मुलुुकमा भएको लकडाउनको उक्त अवधिमा कम्पनीले दुई अर्ब १४ करोड रुपियाँ गुमाएको छ । त्यति मात्र होइन, लकडाउनको अवधिमा टेलिकमको खुद नाफा घटेर ९९ करोड ४० लाख रुपियाँ मात्र पुगेको छ । जबकी आव २०७५/७६ को चौथो त्रैमासिकमा टेलिकमको खुद नाफा दुई अर्ब ५५ करोड ८७ लाख रुपियाँ थियो । कोभिडका कारण टेलिकमले गुमाएको आम्दानीले गत आवको समग्र आम्दानी र नाफा नै प्रभावित भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया