शनिबार बिहान विराटनगरमा थप २५ जना र धरानमा ७ जना कोरोना संक्रमित थपिएका छन । कोशी अस्पताल विराटनगरमा जाँच गर्दा ८ महिला सहित थप २५ जना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । नयाँ थपिएका संक्रमितहरु ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् ।

विराटनगर महानगरपालिकाका अनुसार विराटनगर १ मा एकजना, विराटनगर ३ मा पाँचजना, विराटनगर ५ मा दुईजना सक्रमित थपिएका छन् । त्यस्तै विराटनगर ६ मा पाँचजना संक्रमित थपिएका छन् । त्यस्तै विराटनगर ८ मा एकजना, विराटनगर ९ मा दुई जना, ११ नम्बर वडामा एकजना, १३ मा एकजना, वडा नम्बर १५ मा एकजना, वडा नम्बर १६ मा तीनजना र वडा नम्बर १७ मा दुईजना कोरोना संक्रमित थपिएका हुन ।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४६७ पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । ७६ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् । उता धरान ११ का ३९,४२ र ३६ वर्षीय ३ जना पुरुष, धरान १६ का १ जना २३ वर्षीय पुरुष, धरान १३ का २८ वर्षीय पुरुष, धरान १ का १ जना २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।
त्यस्तै धरान १९ का २६ वर्षीय १ जना पुरुषमा गरी जम्मा ७ जनाका कोरोना पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् । साउन २७ र २८ गते मास टेस्टिङको क्रममा स्वाब लिइएकाहरूको रिपोर्ट आएको हुन सक्ने प्रमुख मेहेताले बताए । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या अव ७१ पुगेको छ ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया