इनरुवा माघ १०/
सुनसरीको प्रकाशपुर ५ मा काम गरी बस्ने एक भारतीय युवतीले आत्महत्या गरेकी छिन् ।
भिम माया राईको घरमा काम गर्दै आएकी भारत आसाम घर भएकी अन्दाजी १९ वर्षिया झुमकुमारी वङ्गालीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
घरको काम गर्दै आएकी वङ्गालीले आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको सुनसरी प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाई छ । घरबेटीसँगको विवादका कारण युवतीले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया