इनरुवा माघ १०/ अत्याधिक चिसो बढेपछि इनरुवा नगरपालिकाले आज बजार क्षेत्रमा आगो ताप्ने दाउरा वितरण गरेको छ ।
केहिदिनयता बढ्दै गएको चिसोका कारण जनजीवन प्रभावित बन्न थालेपछि इनरुवा नगरपालिकाले नगर क्षेत्रभित्र दाउरा वितरण गरेको हो ।
मुख्य चोकका साथै पाटीपौवा र सर्वसाधारणको भिड हुने स्थानमा दाउरा वितरण गरिएको नगरपालिकाले जनाएको छ । दाउरा बाँडेसँगै आगो ताप्न दिनभरजासे सर्वसाधारणको भिड देखिएको थियो ।

तपाईको प्रतिक्रिया