समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएकोले इनरुवा नगरपालिका वडा नं. ५ को वडा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। वडा कार्यालयले सुचना जारी गर्दै सो निर्णय उल्लेख गरेको हो। इनरुवा ५ नं. वडा बलाहामा सरोकारवालाहरुको बैठकले भदौ ३ गते दिनको ३ बजे देखि भदौ ७ गते राती १२ बजे सम्मका लागि लागु हुनेगरि उक्त निर्णय गरिएको हो। बैठकले वडा भित्र रहेका सम्पुर्ण उधोग व्यवसाय, गुद्री बजार, सवारी साधन, सिटि सफारी लगायतका सञ्चालनमा रोक लगाएको छ। अत्यावश्यक काम बाहेक घरबाहिर हिड्डुल नगर्न र काम परेको खण्डमा दुई जना भन्दा बढी व्याक्ति संगै नहिड्न सुचनामा उल्लेख गरिएको छ। सुचना अनुसार भदौ ७ गते राती १२ बजेसम्म सुचनाको अवज्ञा गरेमा कानुन बमोजिम कारवाही हुने समेत जानकारी गराईएको छ।

बलाहामा समुदाय स्तरमा ४ जनामा संक्रमण देखिएपछि वडाले सो निर्णय लिएको हो। उक्त ४ जना संक्रमित औराबनीमा संचालनमा रहेको सीजी फुड्स प्रा.लि.मा कार्यरत हुन। संक्रमित चारैजना बलाहामा डेरा गरि बस्दै आएकोले संक्रमण समुदायमा फैलिन सक्ने संभावनाका साथ वडा क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको इनरुवा वडा नं. ५ का वडा अध्यक्ष अन्जनी पोखरेल बताउछन्। सीजी फुड्स औराबनीमा कार्यरत जम्मा ३६ जना इनरुवा वडा नं. ५ बलाहामा डेरा गरि बस्दै आएका हुन् जसमध्ये हिजो र आज गरि ४ जनामा संक्रमण पुष्टी भएको हो। वडा अध्यक्ष पोखरेलका अनुसार मंगलबार ८ जनाको पिसिआर गरियो भने आउने शनिबार बाकीको पिसिआर गरिनेछ। साथै संक्रमितको कन्ट्याक ट्रेसिंगका आधारमा शनिबार नै सबैको पिसिआर समेत गरिने जानकारी दिए।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया