- अमर काफ्ले

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह ७ का गुणराज यादवको हत्या विषयमा थप अनुसन्धानको क्रममा घर खानतलासी थालेसँगै भोक्राहा पुगेका प्रहरीको समर्थनमा स्थानीयले नाराबाजी गरेका छन् । प्रहरीले सर्च गरिरहँदा सडकमा भेला भएका स्थानीयले गुणराजको हत्यारालाई कडा कार्वाही गरिनु पर्ने माग सहित नाराबाजी गरेका हुन् । स्थानीयले सुनसरीका प्रहरी प्रमुख कमल थापा र घटना अनुसन्धानमा खटिदै आएका प्रहरी निरीक्षक सरोज खनालको सर्मथन र पक्षमा नाराबाजी गरेका थिए ।

साउन २९ गतेबाट वेपत्ता रहेका गुणराजको शव सुनसरी खोलामा साउन ३१ गते फेला परेको थियो । बोरामा हाली सुनसरी खोलामा फालिएको अवस्थामा गुणराजको शव भेटिएपछि प्रहरीले अनुसन्धानको क्रममा घटनामा संलग्न ५ जनालाई यस अघिनै पक्राउ गरी सकेको छ । प्रहरी सोही घटनाको थप अनुसन्धानको क्रममा नरसिंह पुगेको थियो । घटना अनुसन्धानको क्रममा पछिल्ला केहि दिनयता थप केहि व्यक्तिलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

सुनसरीका प्रहरी प्रमुख कमल थापाले घटनाको सूक्ष्म अनुसन्धान जारी रहेको बताउनु भएको छ । थापाले गुणराज हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले केही घरमा सर्च गरेको बताउनु भयो । वहाँले थप विषय अनुसन्धानको क्रममा रहेको जानकारी दिनुभयो । हत्यामा संलग्नताको आधारमा पक्राउ परेका दिनेश महतो, पप्पु राम, शिव कुमार मेहता, दिपक कुमार यादव र प्रदीप रामलाई अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । म्याद थप गरिएकाहरुले हत्या स्विकारेको प्रहरीले यसअघिनै बताई सकेको छ ।
भिडियोकालागि यहा क्लिक गर्नुहोलाः

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

Gepostet von Inaruwa Online am Donnerstag, 20. August 2020


लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया