इनरुवा माघ ११/
बढ्दो शितलहर सँगै लागेको हुस्सुका कारण सुनसरीमा ५ वटा सवारी साधन दुर्घटना भएको छ ।
गयराती पूर्व पश्चिम राजमार्ग अन्र्तगत सखुवागाछी भोटेपुलमा दुई ट्रक आपसमा ठोकिँदा सिन्धुली घर भएका हरि कार्कीको ज्यान गएको छ ।
काकडभिट्टा बाट आउँदै गरेको ना५ख ६१३८ नम्वरको ट्रक र सोही दिशाबाट आउँदै गरेको ना३ख ३५२७ नम्वरको ट्रक आपसमा ठोकिएका थिए ।
त्यसैगरी भाण्टावारी चोकमा बा२ख ६४८४ नम्वरको ट्रक हुस्सेका कारण सडक किनारमा पल्टेको छ ।
हरिपुर चोकमा समेत बा३ख ८१७ नम्वरको ट्रक हुस्सुकै कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
हरिपुरकै पानी टंकी भन्ने स्थानमा ना३ख १०५३ नम्बर अर्को ट्रक समेत हुस्सेका कारण बाटो नदेख्दा सडक किनारमा पल्टेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया