aaglagiइनरुवा, ११ माघ/
सुनसरीको श्रीपुर गाविसमा सोमबार बिहान आगलागी हुँदा ५० हजार बराबरको क्षति भएको छ ।
श्रीपुर ७ का मन्तेजुल मियाँको घरमा आगलागी हुँदा सो मूल्य बराबरको जनमाल जलेको सुनसरी प्रहरीले जनाएको छ ।
चिसोका कारण आगो ताल्न बालिएको घुरबाट आगो सल्केको प्रहरीको अनुमान छ । आगलागीमा मियाँको दश वटा कखुरा र दश वटा खसी बोका जलेर मरेका छन ।

तपाईको प्रतिक्रिया