इनरुवा। सुनसरीको इनरुवा ३ घर भएका व्यक्तिको अपहरण गरेको अभियोगमा उच्च अदालतबाट ११ वर्ष कैद सजाय फैसला भएका फरार अभियुक्त पक्राउ परेका छन्। अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त साविक नरसिंहका बुदर भनिने ३५ वर्षका बिदुर यादवलाई सुनसरी प्रहरीले गएराती कोशी कटान क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

मोटरसाइकलमा आएका बिदुर सहितका अन्य व्यक्ति समेतले सत्तेरझोराबाट इनरुवाका खिलनाथ ढकालको अपहरण गरेका थिए । अपहरणमा संलग्न अन्य व्यक्ति पक्राउ परी थुनामा गएका थिए भने फरार प्रतिवादीका हकमा भने उच्च अदालत बिराटनगरले ११ वर्ष कैद र १ लाख जरिवाना सहितको अन्तिम फैसला सुनाएको थियो । प्रहरीको खोजी सुचिमा रहेका यादवलाई पास बनाई दाङ फर्कने क्रममा सुनसरी प्रहरीको टोलीले कटान क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार फरार रहेका यादव दाङमा बस्दै आएका थिए । यादव बस्दै आएको जिल्लाबाट प्राप्त सुराकीका आधारमा घर आएको बेला आइपीएस अफिसर विष्णु बस्नेत नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

Gepostet von Inaruwa Online am Donnerstag, 20. August 2020

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

तपाईको प्रतिक्रिया