- दिलिप कुमार साह

राजविराज। सप्तरीको राजगढ गाउँपालिकाले १३ जना वडा सदस्यहरुलाई साइकल, मोबाइल र नगद वितरण गरेको छ । गत आ.व. ०७६÷०७७ को निति तथा बजेट तर्जूमा कार्यक्रम अनुसार शुक्रबार गाउँपालिकाको कार्यालयमा उक्त सामग्री वितरण गरेको हो । उक्त गाउँपालिकामा २६ जना सदस्यहरु रहेका मध्ये उपस्थित भएका १३ जना वडा सदस्यहरुलाई गाउँपालिका अध्यक्ष परमान्नद यादवले सो समग्री वितरण गरेका हुन । साइकल तथा मोबाइल वितरण गर्दै अध्यक्षले भने घरबाट कार्यालय र कार्यालयबाट घर आवत–जावत गर्न र अन्य कार्य गर्नको लागि सजिलो होस् र सञ्चार चुस्त–दुरुस्त राख्नको लागि मोबाइल र साईकल हस्तान्तरण गरिएको हो ।

उक्त साइकल र मोबाइल वडा नंं. १ का वडा सदस्यहरु ओमप्रकाश यादव, भुपेन्द्र यादव, सेभो देवी मुखिया, रेखा कुमारी राम वडा नं. ३ का वडा सदस्यहरु बद्री मण्डल, जिबछी देवी राम, श्यामसुन्दर पण्डित, वाल किशुन खङ, वडा नं. ५ का वडा सदस्यहरु राजेन्द्र प्रसाद साह, बचकुन मण्डल, राजो देवी बतरनी, निभा कुमारी राम र वडा नं ६ का वडा सदस्य जहिला खातुनलाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पूष्पमाला कुमारी मण्डल, वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मी नारायण ठाकुर, वडा नं. १ का वडा अध्यक्ष नारायण यादव र पत्रकार दिलिप कुमार साहको उपस्थिति रहेको थियो ।

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

Gepostet von Inaruwa Online am Donnerstag, 20. August 2020

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

तपाईको प्रतिक्रिया