२६ असोज इनरुवा
मधेश आन्दोलनलाई वेवास्ता गरिएको भन्दै सुनसरीका विभिन्न भेगमा सरकारका साथै मधेशी मोर्चाका शिर्षस्थ नेताहरुको पुत्ला दहन गरिएको छ ।
सत्ता लिप्साका कारण आन्दोलनमा सामेलमोर्चाकै केही नेताले गद्दारि गरेको भन्दै मातृका यादव समूहले उनिहरुको समेत पुत्ला दहन गरेको हो ।
दुइ महिनायता जारी आन्दोलन उत्कर्ष नजिक पुगेका वेला स्वयं मधेशी नेताहरुनै सत्ता लिप्साको खेलमा लागेका र संसद बहिस्कार पछि समेत सरकार गठनमा समावेश भएको भन्दै असन्तुष्टि जनाएको मातृका पक्ष्यधर कार्यकर्ताहरुले उनिहरुप्रति आक्रोस जनाएका छन् ।
सुनसरीको इनरुवा सहित बबिया, हरिनगरा लगायतका क्षेत्रमा मातृका यादव पक्ष्यधरहरुले प्रधानमंत्री केपी शर्मा ओली, मधेशी नेताहरु बिजयकुमार गच्छेदार, उपेन्द्र यादव, राजेन्द्र महतो , महन्त ठाकुर र महेन्द्र यादवको पुत्ला जलाएका हुन् ।

तपाईको प्रतिक्रिया