कोरोना कहरको समयमा सम्पुर्ण सावधानि अपनाएर क्षयरोगका बिरामीलाई सेवा प्रवाह गरिरहेको नेपाल क्षयरोग निवारण संस्था, मोरङ शाखा विराटनगरका प्रोग्राम कोर्डिनेटर घनश्याम कोइरालले बताउनु भयो । डि.आर. आवाश गृहमा रहेका क्षयरोग विरामीलाई निरन्तर ओषधि सेवन गराउनुका साथै समय समयमा विभिन्न खाले तलिम, परामर्श र आत्मबल बढाउने कृयाकलाप गराउदैं आएको कोइरालाले बताउनु भयो । काभिड–१९ महामारीको कारण यस संस्थामा आवद्ध कर्मचारीहरुको समय तालिका मिलाएर थोरै कर्मचारीले क्षयरोगका बिरामीलाई सेवा प्रवाह गरिरहेको जानकारी गराउनुभायो ।

नेपालमा क्षयरोग र एच.आई.भि. सेवाको पहुँचमा मानव अधिकार र लैंगिक अवरोध न्युनिकरण कार्यक्रममा विरामीहरुलाई सामाजिक दुरी कायम गरि कोरोना महामारीबाट बच्न सम्पुर्ण सावधानी अपनाएर सानो सानो ग्रुप बनाई अभिमुखी कार्यक्रम संचालन गरेको जानकारी गराउनुभयो । क्षयरोगका विरामीहरुले भोग्दै आएको सामाजिक बहिस्कार, पारिवारिक, स्वास्थ्यकर्मी तथा अन्य दुरव्यवहारप्रति बिरामी स्वंय आफ्नो हक अधिकारको बारेमा वकालत गर्नका लागि बिरामी पैरवी समुह गठन गरि बिरामीहरुले कानुनी सहयाता पाउनुपर्ने जस्ता अभिमुखी कार्यक्रममा सहभागि गराई जानकारी गराएको कोईरालाले इनरुवा अनलाईनलाई बताउनु भयो ।

तपाईको प्रतिक्रिया