उर्लाबारी । इन्टरनेट प्रदायक संस्था आइजोन प्रा.लि.ले १०० जिबीपीएस नेटवर्क ब्याकवोन बनाउने भएको छ । आइजोनका प्रबन्धक निर्देशक नविन श्रेष्ठले थप व्यवस्थित बनाउँदै छिटो र छरितो नेट सुविधा दिन लागिएको बताउनुभएको हो ।

थोरै बजेटमा स्तरिय नेट सेवा दिन विगत लामो समयदेखि लागि परेको उल्लेख गर्दै उहाँले सबैको पँहुजमा इन्टरनेट सेवा पु¥याउनका लागि परेको उल्लेख गर्नुभयो । उर्लाबारीमा मुख्य कार्यालय रहेको आइजोनले उक्त डाटा सेन्टरमा फेशबुक, युट्यूब, गुगल जस्ता क्यास सर्भर राख्न लागेको कम्पनीले जनाएको छ । उक्त डाटा सेन्टरबाट नेट सेवा प्रदान गर्न १०० जिबीपीएस प्रतिसेकेन्डको अपग्रेड गर्न लागेको छ । ग्राहकको माग अनुसार गुणस्तरिय सेवा प्रदान गर्न सुनसरीको इटहरीमा रहेको डाटा सेन्टरमा पेयरिङ गरिएको छ ।

जसले गर्दा इन्टरनेट सहुलियत हुन जान्छ । उक्त डाटा सेन्टरको मर्मत र निगरानीका लागि अनुभवी तथा दक्ष नेटवर्क इन्जिनियर २४ सैं घण्टा परिचालन गरिएको जनाइएको छ । विद्युतको सहज आपूर्तिका लागि स्वचालित ब्याकअप सिस्टम समेत रहेको कम्पनीको भनाई छ । इन्टरनेट सेवाको पहुँच सहज, विश्वासनीय र मितव्ययिता अपनाउने उद्देश्यले सहुलियत शुल्कमा इन्टरनेट बितरण गर्दै आएको प्रबन्ध निर्देशक श्रेष्ठको भनाई छ । २०७२ सालमा स्थापित सो प्रालिको उर्लाबारी–५ मा केन्द्रीय कार्यालय रहेको छ भने इटहरीमा क्षेत्रीय कार्यालय, इनरुवा, विराटचोक, पथरी, इटहरी, विर्तामोड, मधुमल्ला र दमकमा शाखा कार्यालयहरु रहेका छन् । करिब ८ करोड रूपैयाँको लगानीमा सञ्चालित कम्पनीले १ हजार २ सय किलोमिटर अप्टिकल फाइवर मार्फत उच्च गुणस्तरको इन्टरनेट प्रदान गरिरहेको छ । आइजोन प्रा.लि.ले ६० भन्दा बढीलाई रोजगारीसमेत दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया