Jp-Gupta-and-Rajendra-Mahato
१२ माघ, विराटनगर/ सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताबीच महागठवन्धन निर्माणबारे छलफल भएको छ ।

मधेसी मोर्चामा आवद्ध छ भने गुप्तासहितको चार दलले संघीय समावेशी मधेसी गठवन्धन बनाएका छन् । पछिल्लो पटक मधेसी गठवन्धनले महागठवन्धन बनाउने प्रस्ताव अघि सारेपछि छलफल सुरु भएको छ ।

गठवन्धन बनाउन महतो सकारात्मक देखिएका छन् । ‘१६४ दिन आन्दोलन गर्दा पनि सरकारले सुनेन । अब गठवन्धन बनाएर जानुपर्छ भन्नेमा राजेन्द्रजी सकारात्मक पाएँ’ गुप्ताले अनलाइनखबरसँग भने ।

भेटमा गुप्ताले आफूहरुले यसअघि नै गठवन्धनको प्रस्ताव गरेको तर, मधेसी मोर्चाले अहंकार देखाएको बताए । उनले महागठन्धनका लागि मधेसी मोर्चामा पहल गर्न महतोलाई आग्रह गरेका छन् ।जवाफमा महतोले भने दिल्लीमा रहेका महन्थ ठाकुर पनि यसप्रति सकारात्मक रहेको भन्दै काठमाडौं आएपछि छलफल गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया