इनरुवा। सुनसरीको भोक्राहा नरसिहं-४ बस्ने नसरुदिन अन्सारीको डेढ बर्षीया छोरीको पानी जमेको खाल्डोमा लडेर मृत्यु भएको छ । आज दिउसो सवा १ बजे आफ्नै घर अगाडी रहेको पानी जमेको बाझो खेतबारीमा नाबालिका रबिना खातुन लडी रहेको अवस्थामा फेला परेको र उनलाई तत्काल उपचारार्थ जिल्ला अस्पताल ईनरुवा लैजादै गर्दा मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रही टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया