- अमर काफ्ले

इनरुवामा आज एकसाथ ४१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये ४० जना नयाँ संक्रमित हुन् ।
आज थपिएको संक्रमितको संख्या इनरुवामा अहिले सम्मकै उच्च हो । आज थपिनेमा २४ जना महिला र १६ जना पुरुष रहेका छन् । एक जना भने यस अघिकै संक्रमित पुरुष हुन् । जसको पछिल्लो रिपोर्ट समेत पोजेटिभ आएको हो ।
इनरुवामा एकसाथ आज थपिएका ४० संक्रमित रिपोर्ट होल्डमा रहेका व्यक्तिहरु हुन् । सोमबारे हटिया र इनरुवा ५ बलाहामा स्वाब संकलन गरिएका मध्ये ६८ जनाको रिपोर्ट होल्डमा रहेको थियो ।
जसमध्ये ४१ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । बाँकी २७ जनाको रिपोर्ट भने नेगेटिभ आएको इनरुवा नगरपालिकाको स्वास्थ्य अधिकृत सन्तोष देवले जानकारी दिए ।
स्वास्थ्य शाखाका अनुसार इनरुवा ठेगाना भएको आधारमा आज प्राप्त पोजेटिभ रिपोर्टको कुल संख्या भने ४२ रहेको छ ।
जसमध्ये एक जनाको साँझ प्राप्त नयाँ संक्रमितको रिपोर्ट सँगै र अर्का एक जनाको भने विहानको लटमा पोजेटिभ रिपोर्ट प्राप्त भएको थियो । उनीहरु दुवै यस अघिका संक्रमित हुन् । जसको पछिल्लो रिपोर्ट पूनः पोजेटिभ देखिएको हो ।
साँझ थपिएका ४० नयाँ संक्रमित मध्ये ३८ जना भने एउटै वडाका हुन् । उनीहरु अधिकांश इनरुवा ५ बलाहाको एउटै टोलको रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया