26012016031825sk-1000x0
सफलता पाउनभन्दा बचाउन मुस्किल हुन्छ । सुषमा कार्कीको सवालमा त्यही भएको छ । म्युजिक भिडियोबाट करिअर सुरु गरेकी सुषमा फिल्ममा आइटम डान्सको अफर पाउँदा फुरुंग थिइन् । भाग्यले नै भन्नुपर्छ, लुटको ‘उध्रेको चोली..’ हिट भइदियो । सुषमाको भाउ ह्वात्तै बढ्यो । त्यसपछि हरेक फिल्ममा आइटम गीत अनिवार्य हुन थाल्यो, उनी पहिलो रोजाइमा परिन् ।

विडम्बना ! आफ्नो क्रेज व्यवस्थापन गर्न चुक्दै गइन् । प्रेमीसँगको लफडा, पत्रकारसँगको विवाद अनि अव्यावसायिक स्वभावका कारण सुषमाको कामुकता ओझेलमा पर्‍यो । सफलताको नशामा चूर सुषमाले आफ्नो करिअर तल झरेको भेउ पाउँदा समय निकै घर्किसकेको थियो । त्यसैले त अचेल फिल्म, म्युजिक भिडियो अनि स्टेज सोमा माग करिब शून्य छ । करिअर धर्मसंकटमा परेका बेला नयाँ फिल्म चलेछ बतास सुस्तरी रिलिज हुँदैछ, २८ माघमा । जसले एकातिर उनको उत्साह बढेको छ भने अर्कातिर मुटुको धड्कन । किनभने, यो फिल्म फ्लप भयो भने पलायनको विकल्प नहुने राम्रो हेक्का छ यी हटगर्ललाई ।

तपाईको प्रतिक्रिया