- टोमराज मेहता

इनरुवा । बैदेशिक रोजगारी गुमाएर फर्केका युवाहरुको सुचना संकलन गर्ने काम सुरु भएको छ । बिदेशबाट फर्किएका सुनसरीका युवाहरुको सुचना संकलन गर्ने कार्य सुरु गरेको हो । सामी परियोजना अन्र्तगत सामुदायिक विकास संस्था (सिडिओ) सुनसरीले बिदेशमा कोरोना कहरका कारण रोजगार गुमाएर फर्किएकाहरुको अवस्था के छ र उनीहरु स्वदेश फर्किएपछि के गर्ने सोचमा छन् र उनीहरुलाई केमा समावेश गर्दा उपयूक्त हुन्छ भनेर तथ्य सहितको सुचना संकलन थालिएको कार्यक्रम संयोजक धिरज भट्टराईले बताएका छन् ।

भट्टराइका अनुसार सुरक्षित आप्रवासन परियोना अन्तरगत रिटर्नी आप्रवासी सुचना संकलन फारम भर्दै तथ्याङ्क संकलन सुरु गरेको हो । उत सुचना संकलन फारममा बिदेशबाट फर्किएको ब्यक्तिको नाम, ठेगाना, उमेर, बिदेशबाट फर्किका कारण, काम गरेको देश वा गनतब्य मुलुक, फर्किएको मिति, कामको किसिम, ब्यक्तिसँग भएको सिप र अनुभव, कामका लागि गरेको अपेक्षा र भविष्यमा रोज्ने पेशा र रोजगार समेत समावेश गरिएको छ । बिदेशबाट छुट्टीमा आएकोलाई होइन पूर्णरुपमा रोजगार गुमाएर कोरोना कहरको समयमा स्वदेश र्किएकाहरुलाई तथ्याङ्कमा समावेश गरिने कार्यक्रम संयोजक भट्टराईले बताउँदै इनरुवा र भोक्राहा गरी ६ जना रिटर्नी स्वंयसेवकहरुले यस क्षेत्रमा सुचना संकलन गर्न काम सुरु गरेको छ ।

सामीको सहयोगमा इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकामा सामी परियोजना सञ्चालनमा रहेको छ । बिदेशबाट फर्किएका ब्यक्तिहरुको सुचना संकलन गर्न रिटर्नी स्वंयसेवकहरुले समुदायमा गएर फारम भर्ने गरेका छन् । सामी परियोजनाका जिल्लाका अधिकृत देव नारायण चौधरीका अनुसार कोरोना कहरका कारण बिदेशबाट रोजगारी गुमाएर आएको ब्यक्तिहरुको तथ्याङ्क संकलन गरी सामीले बेरोजगार ब्यक्तिहरुलाई सीपमा दक्षता बनाई रोजगार तर्फ उन्मुख गराउने छु । अधिकृत चौधरीले उद्यमशिलता तर्फ अगाडी बढाउने र बेरोजगार ब्यक्तिहरुलाई सिपको अधारमा तालिम दिई रोजगारको अवसर प्रदान गराउने लक्ष्य रहेको बताएका छन् । सामी परियोजनाले सुनसरीमा कोरोना कहरको कारणले स्वदेश फर्किएका ब्यक्तिहरुलाई रोजगारमुलक कार्यक्रम बनाई थप योजना र राणनीति बनाई अगाडी बढने अधिकृत चौधरीले बताएका छन् ।

तपाईको प्रतिक्रिया