- टोमराज मेहता

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा जितिया बिशेष साँस्कृतिक कार्यक्रम बिहिवार हुदैछ । मैथिली समुदायको महान पर्व जितियाको अवसरमा हरिनगर युवा समुहले जितिया बिशेष साँस्कृतिक कार्यक्रम गर्न लागेको हो । हरिनगर गाउँपालिकाको मुख्य प्रायोजनमा हुने कार्यक्रम अनलाइन मार्फत गर्ने तयारी गरेको कार्यक्रम सञ्चालक बिनोद मेहताले बताएका छन् ।

कार्यक्रमको संयोजन जितिया मेला समिति हरिनगर ४ ले गरेको छ भने सहयोग सिसिडिसी र फेमलियर डान्स समुहले गरेको बताइएको छ । सहप्रायोजकमा शिवशान्ति मेडिकल र आयुर्वेद पसल, देव हाडवेयर लगायतको रहेको आयोजक समितिका रन्जित मेहताले जानकारी दिए । कार्यक्रममा सहभागी प्रतियोगि र कलाकारहरु मध्येबाट प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कृत समेत गरिने जनाएको छ । जितिया मेला समितिले यस पटक छुट्टैखालको प्रस्तुती गर्न लागेको आयोजक समितिको सचिव चन्दन मेहताले बताए । कोरोना कहर भएकाले चौर मैदानमा गरिने कार्यक्रम यसपालि सिमित मञ्च र अनलाइनबाट गरिने मेला समितिका सचिव प्रमोद मेहताले बताएका छन् । उनका अनुसार कोरोनाको जोखिमलाई मध्यनजर गर्दै जितिया पर्वको अवसरमा अनलाइनबाट साँस्कृतिक कार्यक्रम गरिने भएकोले ब्रतालु महिला तया युवाहरु आ आफनो घरमै बसेर हेर्न सकिनेछ ।

जितिया मेला समितिका सदस्य मनोज मेहताले हरिनगर गाउँपालिकामा पहिलो पटक अनलाइन मार्फत साँस्कृतिक कार्यक्रम हुन लागिएको बताएका छन् । कोभिड १९ कोरोना भाइरसका कारण समुदाय स्तरमा भिडभाड नहुनलागि इन्टरनेट मार्फत हरिनगर युवा समुहले प्रत्यक्ष लाइभ गरेर देखाउने प्रवन्ध मिलाएकोले ब्रतालु महिलाहरुलाई हेर्न सजिलो भएको मेहताको कथन छ । बिहिवार साझ ४ बजेदेखी ८ बजेसम्म अनलाइन कार्यक्रम गर्ने र त्यसको सभापतित्व समितिका अध्यक्ष अरबिन्द मेहता र प्रमुख अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, बिशिष्ट अतिथि पालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले गर्ने तयारी भएको कोडिनेटर जुगेश दासले बताएका छन् ।

तपाईको प्रतिक्रिया