- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका वार्ड नं. ७ मा रहेको पशुपति शिक्षा मन्दिरले समाजिक दुरी कायम गर्र्दै बाल अधिकार दिवस सम्पन्न गरेको छ ।‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस २०७७ सोमबार स्वास्थय मापदण्ड अपनाउदैँ व्यक्तिगत दुरी कायम राख्दैँ बाल अधिकार दिवस मनाएको हो ।

पशुपति शिक्षा मन्दिर देवानगञ्ज गापा वार्ड नं. ७ का प्रधानाध्यापक परशुराम यादवले सो स्कूलमा अध्ययनरत्त विद्यार्थीहरुलाई व्यक्तिगत दुरी कायम गराउदै माक्स र सेनिटाइजर सहितको व्यवस्था गरी बाल अधिकार दिवस मनाएको बताए । प्रअ यादवका अनुसार स्कुलमा अध्ययनरत्त विद्यार्थीहरु मध्ये ३० जनालाई सहभागी गराई बाल अधिकार दिवस मनाएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया