- दिपेन्द्र यादव

इनरुवा। सामुदायीक विकास संस्था सिडियो सुनसरी मार्फत संचालीत सुरक्षित आप्रवासन परियोजना (सामी) ले कोभिड १९ बाट प्रभावित व्यतिहरुलाई मनोपरामर्श प्रदान गरेको छ । आईतबार सुनसरी सदरमुकाम इनरुवाको बस पार्कमा नेपाल प्रहरीका संक्रमीत ३० जना प्रहरीहरुलाई मनोपरामर्श प्रदान गरेको सामी परियोजना अन्र्तगत सामुदायिक विकास संस्था (सिडिओ) सुनसरीका कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिए ।

कार्यक्रम संयोजक भट्टराईका अनुसार कोभिड १९ को संक्रमणको अवस्थालाई मध्यनजर गरी मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सीएमसी–नेपाल) ले सुरक्षित आप्रवासन परियोजना (सामी) ले कोभिड १९ बाट प्रभावित व्यतिहरुलाई मनोपरामर्श प्रदान गरेको हो । परियोजना सञ्चालित स्थानिय तहमा रहेको क्वारेन्टिन तथा आइसोलेशन केन्द्रमा कोभिड १९ बाट प्रभावित व्यतिहरुलाई मनोपरामर्श प्रदान गर्नका लागि मनोविद (साइकोलोजिस्ट ) तथा समनोसामाजिक परामर्शकर्ता मार्फत सेवा दिन सुरु गरेको उनले बताए । कोभिड १९ बाट प्रभावित व्यतिहरुलाई आत्मबल बलियो बनाउनका लागि आइतबार इनरुवा नयाँ बसपार्कमा रहेका ३० जना र सोमबार गढी गाउँपालिकामा रहेका ३० जना गरी ६० जनालाई यो सेवा प्रदान गरेको हो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्वीस सरकार बीच भएको द्विपक्षीय सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय तहहरुको नेतृत्वमा सुनसरीको चार स्थानीय तहहरुमा संचालित रहेको सामी परियोजनाका जिल्ला अधिकृत देव नारायण चौधरीले बताए । जिल्लाको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका गरी चार वटा स्थानीय तहहरुमा सामी परियोजना संचालित रहेको छ ।

तपाईको प्रतिक्रिया