- अमर काफ्ले

प्रतिनिधि सभा सदस्य जय कुमार राईले सुनसरी प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । संघीय सांसद राईले कोरोना महामारीलाई मध्यनजर गर्दै प्रहरीकालागि सो सामग्री उपलब्ध गराएका हुन् ।


अग्रपंक्तिमा रहेर जनसेवामा खटिदै आएका प्रहरीलाई लक्षित गरी सांसद राईले पीपीई सेट, थर्मल गन, पञ्जा, सर्जिकल मास्क, N–95 मास्क र गम बुट उपलब्ध गराएका हुन् ।सांसद राईले उपलब्ध गराएका सामग्री सामाजिक अभियन्ता रोहित निरौला र जेनियस निरौला मार्फत जिप्रका सुनसरीको जिम्मा लगाइएको हो । ती स्वास्थ्य सामग्री रोहित र जेनियसले सुनसरीका प्रहरी प्रमुख कमल थापालाई भेटेर हस्तान्तरण गरेका छन् ।सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित राईले यसअघि समेत प्रहरीकालागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए ।

तपाईको प्रतिक्रिया