- टोमराज मेहता

इनरुवा । नेपाली कांग्रेस नगर कार्यसमिति इनरुवा सुनसरीको आयोजनामा शुक्रवार दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । इनरुवाको लोकतान्त्रिक चौकमा जनआन्दोलनका कमाण्डर लौह वीर पुरुष गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो। नेपाली कांग्रेस नगर कार्यसमिति इनरुवाले शुक्रवार साझ लोकतान्त्रिक चौकमा दीप प्रज्वलन गरी स्मृति दिवस मनाएका थिए । कोरोनाको जोखिमलाई ख्याल गर्दै नगर कार्यसमितिले सामाजिक दुरी कायम गर्दै दीप प्रज्वलन गरी स्मृति दिवस मनाएका हुन् ।

इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता र मितेरी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले लोकतान्त्रिक चौकमा संयुक्त रुपमा मैनवती बाली दीप प्रज्वलन गरी स्मृति दिवस मनाएको नेपाली कांग्रेस नगर कार्यसमितिका सचिव धिरज भट्टराईले जानकारी दिए । उनका अनुसार कोरोना कारण धेरै भीडभाड नगरेको र सामाजिक दुरीको ख्याल गर्दै मैनबती बाली वीर पुरुष गणेशमान सिंहको २३ औं स्मृति दिवस मनाएको हो । इनरुवाको मुख्य चौकमा गणेशमान सिंहको सम्झनामा मैनबत्ती बालेर दीप प्रज्वलज गरी स्मृति दिवस मनाएको थियो ।

दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका उप सभापति हरिलाल मेहता, नेपाली कांग्रेस इनरुवा २ नम्बर वडाका सभापति भुपेन्द्र यादव, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह, नेपाली कांग्रेस नगरकार्य समितिका सचिव धिरज भट्टराई, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य तथा प्रतिक्षण दैनिकका प्रकाशक÷सम्पादक इकवाल अहमद, इनरुवा जेसिजका अध्यक्ष चन्दन यादव, नेपाल विद्यार्थी संघका नेता सन्तोष शर्मा, संयम कोइराला, रोशन मण्डल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया