अमेरिकामा आइतबारदेखि टिकटक र वीच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा शनिबारदेखि अमेरिकी एप स्टोरमा टिकटक र वीच्याट प्रतिबन्धित हुने बताएका छन् । अमेरिकाको वित्त विभागले आइतबारदेखि कुनै पनि एप प्लाटफर्मबाट चिनियाँ एप्लिकेशनहरु टिकटक र वीच्याट डाउनलोड गर्न नदिने स्पष्ट पारेको छ ।

ट्रम्प प्रशासनले टिकटक तथा वीच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ ।यी एप्लिकेशनले प्रयोगकर्ताका जानकारीहरु चीनलाई उपलब्ध गराउने भन्दै चासो व्यक्त भएको हो । दुवै चिनियाँ कम्पनीले सो आरोप अस्वीकार गरेका छन् ।आइतबारदेखि वीच्याट अमेरिकामा बन्द हुनेछ । तर यसअघि नै टिकटक डाउनलोड गरेकाहरुले नोभेम्बर १२ सम्म चलाउन पाउने छन् । त्यसपछि टिकटकमाथि पनि पूर्ण प्रतिबन्ध लाग्ने छ ।टिकटकको अमेरिकामा सञ्चालन स्वामित्व सम्बन्धमा अमेरिकी कम्पनी ओरेकल र बाइटडान्सबिचको सहकार्यको योजना सहमतिमा पुग्यो र ट्रम्पले त्यसलाई स्वीकृत गरे भने टिकटकमाथि प्रतिबन्ध लाग्ने छैन । देश शञ्चारको सहयोगमा

तपाईको प्रतिक्रिया