इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा आयोजित जितिया बिशेष साँस्कृतिक कार्यक्रममा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई शनिवार संविधान दिवसको अवसरमा पुरस्कार वितरण गरिएको छ । गत बिहिवार मैथिली समुदायको महान पर्व जितियाको अवसरमा हरिनगर युवा समुहले जितिया बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो ।

हरिनगर युवा समुहको आयोजनामा हरिनगर सुपर टाइलेन्ट कार्यक्रममा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई पुरस्कार वितरण गरिएको हो । हरिनगर सुपर टाइलेन्ट साँस्कृतिक कार्यक्रममा नृत्यतर्फ प्रथम हुने समुहमा पुष्पा, पुजा, गायत्री, रितिक हिमांशु र श्याम मेहता रहेका छन् । द्धितिय हुनेमा अपसारा मेहता रहेकी छिन भने तृतियमा आरती साह र काजल साह रहेका छन् । क्रमशः प्रथमलाई २ हजार १ सय, द्धितियलाई १ हजार ५ सय र तृतियलाई १ हजार १ सय नगद सहित प्रमाण पत्र बितरण गरिएको छ ।

त्यसैगरी गायन र कोमेडीतर्फ प्रथम हुनेहरुमा सोनु झा, जितेन्द्र यादव, बिनोद मेहता, चर्तुदेव मेहता रहेका छन् । द्धितियमा रुपमदेव र तृतियमा मिथुन यादव रहेका छन् । उनीहरुलाई पनि क्रमशः २ हजार १ सय, द्धितियलाई १ हजार ५ सय र तृतियलाई १ हजार १ सय नगद सहित प्रमाण पत्र बितरण गरिएको युवा समुहको रन्जित मेहताले जानकारी दिएका छन् । जितिया मेला समिति हरिनगर ४ को अध्यक्ष परमेश्वर मेहता, कोषाध्यक्ष सुनिता मेहता र हरिनगर युवा समुहका अरविन्द मेहता, बिनोद मेहता, रन्जित मेहता , चन्दन मेहता र शिक्षक गणेश साह लगायतकाहरुले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया