- दिपेन्द्र यादव

इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा जनता समाजवादी पार्टीले संविधान दिवस बहिष्कार गर्दै कालो दिवस मानाएका छन्। हातमा कालो झण्डा देखाउदै जसपा पार्टी कार्यालय इनरुवा जेल फिल्डबाट सुरु गरिएको बिरोध प्रर्दशन इनरुवाको बसपार्कमा कोण सभामा सम्पन्न गरेको हो । जनता समाजवादी पार्टीका सयौँ नेता तथा कार्यक्रताहरुको सहभागीतामा इनरुवामा कालो झण्डा प्रदर्शन गर्दै बसपार्कमा संविधान दिवस बहिष्कार गर्दै कालो दिवस मानाएका छन् ।

बिरोध कार्यक्रममा संविधानका विभेदकारी प्रावधानहरू संशोधन नभएको भन्दै पूर्व समाजवादी पार्टी सुनसरीका अध्यक्ष भगीरथ खत्वे भने संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउदैँ आएको बताए । उनले यसअघि पनि मधेस केन्द्रित दलहरूले कहिले ‘कालो दिन’ का रूपमा त कहिले विरोधका कार्यक्रम गरेर बष्हिकार गर्दै आएका थिए । जनआन्दोलन र मधेस जन विद्रोहलगायतका बेला सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानमा भएका प्रावधान र पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषय तथा जनताको अभिमतलाई समेत कदर नगरी संविधान जारी गरेको पूर्व समाजवादी पार्टी सुनसरीका सचिव प्रदीप कार्कीले दाबी गरेको छ ।

उसले विभेदकारी प्रावधान संशोधन नगरेसम्म संविधान जसपाले कहिले स्वीकार्य नगर्ने बताए । यता बिरोध कार्यक्रममा कालो झण्डा देखाउदैँ ‘विभेदकारी, अधुरो, अपुरो एवं त्रुटिपूर्ण संविधानले मधेसी, आदिवासी जनजाति, दलित, सिल्पी, महिला, खस, मुस्लिम, थारू, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरूलाई राज्यले सम्बोधन गर्न नसकेको पूर्व राजपा सुनसरीका अध्यक्ष मण्डलका अध्यक्ष सुब्वालाल मेहताले बताए । संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायत प्रावधान पनि अधुरो रहेको पूर्व राजपा सुनसरीका अध्यक्ष मण्डलका अध्यक्ष मेहताको भनाई छ  ।

यता जसपा सुनसरीमा पार्टी समायोजना नभएपनि हाल जसपा केन्द्रिय कार्यालयले पठाएको सर्कूलर अनुसारले नै हामीले संविधान दिवस बहिष्कार गर्दै कालो दिवस मानाएको पुर्व समाजवादीका जिल्ला सदस्य मनोज यादवले बताए । सरकारले असोज ३ गते घोषणा गरेको संविधान दिवसमा जनता समाजवादी पार्टी सुनसरीले जिल्लाको सदरमुकाम इनरुवामा बिरोध गर्दै कालो झण्डा प्रर्दशन गरेको पूर्व समाजवादी विद्यार्थी युनियन सुनसरीका जिल्ला सह सचिव ब्रहमदेव यादवले बताए ।

तपाईको प्रतिक्रिया