सोमबार नेपालमा कोरोना भाइरसबाट थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको मिडिया ब्रिफिंगमा सो पुष्टी गरेको हो। मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार झापामा १, सुनसरीमा १, पर्सामा १, भक्तपुरमा २ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौंमा २, मकवानपुरमा २, ललितपुरमा २, चितवनमा १, रुपन्देहीमा १, बाँकेमा २, दोलखामा १ जनाको कोरोनाबाट मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ।

तपाईको प्रतिक्रिया