इनरुवा । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले इनरुवामा स्थापना भएको आइसोलेसन केन्द्र प्रदेशकै उत्कृष्ट र ब्यवस्थित रहेको दाबी गरेका छन् । इनरुवामा रहेको २ वटा आइसोलेसन केन्द्र प्रदेशकै नमुना भएको दाबी उनले गरेका हुन् । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर मेहताले १ नम्बर प्रदेशकै उत्कृष्ट र ब्यवस्थित रहेको दाबी गर्दै आइसोलेसन केन्द्रमा सेनिटाइजर गर्दै कोरोना संक्रमितहरुलाई बस्ने सुविधा ब्यवस्थित र मर्यादित गरेको मेयर मेहताले बताए ।

इनरुवामा रहेको नयाँ बसपार्क र भगवति मावि आइसोलेसन केन्द्रमा स्वास्थ्य, सरसफाई र अवासीय सुविधा अन्र्तराष्ट्रिय स्तरको रहेको बताए । मेहताले आइसोलेसन केन्द्रको मापदण्ड अनुसार सबै कुरा पुरा गरेको र सजह सरल र समन्वयात्मक भूमिका निर्वाह गरेकोले आफुहरुको दुईटै आइसोलेसन केन्द्र नमुना र उत्कृष्ट रहेको बताए । मेहताले सबै आइसोलेसन केन्द्र राम्रो भएपनि सेवाको हिसाबले इनरुवाको आइसोलेसन केन्द्र उत्कृष्ट रहेको उल्लेख गरेका छन् । मुलुकमा कोरोना संक्रमण बढिरहदाँ इनरुवा नगरपालिकाले भने आफनो नगरपालिकालाई कोरोना मुक्त बनाउन प्रयासको थालनी निरन्तर गर्दै आएको थियो । हाल इनरुवा र आसपासका क्षेत्रमा फेला परेका कोरोना संक्रमितहरुको ब्यवस्थापन समेत इनरुवा नगरपालिकाको यस क्षेत्रबाट हुदैं आएको छ ।

तपाईको प्रतिक्रिया