इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा गुर्जो अभियानको थालनी भएको इनरुवा नगर प्रमुख राजन मेहताले बताएका छन् । प्रमुख मेहताले सुनसरी सदरमुकाम इनरुवामा निःशुल्क वितरण तथा गुर्जो रोपण कार्यक्रमलाई सम्वोधन गर्दै गुर्जोको आवश्यकता र गुणको बिशेषतामा नागरिकलाई जानकारी दिन गुर्जो अभियान सुरु गरेको बताए । पुरुतसोतम महिनाको पावन अवसरमा योग तथा आयुर्वेद अभियानता कमलराज लबटको सौजन्यमा भएको निःशुल्क गुर्जो वितरण तथा गुर्जो रोपण कार्यक्रमले इनरुवामा सकारात्मक सन्देश प्रवाह गरेकाले आफु यस अभियानमा लाग्ने उद्घोष गरें । कार्यक्रमका प्रमुख अतिथि मेहताले गुर्जो रोपण कार्यक्रम र श्रीमतभागवत गीता तथा हनुमान चालिसा हस्तान्तरण कार्यक्रमले स्वास्थ्य सँगै नैतीक र धार्मिक सन्देश प्रवाह गरेकोमा आयोजकको प्रंशसा गर्नुभयो ।

प्रमुख मेहताले आधुनिकतासँगै बालबालिकामा मोवाइल प्रविधि मोह बढेकाले नैतिक शिक्षा अभाव रहेको बेला गिता र हनुमान चालिसाले सम्मान र स्वास्थ्यको लागि कोसे ढुङ्गा सावित हुने बताए । गुर्जो अभियानका लागि अभियन्ता लबटसँग समन्वय गर्ने र इनरुवा क्षेत्रमा खेर गइरहेको गुर्जो संरक्षण र उपयोग नीतिमा लाग्न समेत बताए । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेल, राष्ट्रिय जनता पार्टी परिवर्तित जनता समाजवादी पार्टीका सुनसरी अध्यक्ष रामनारायण यादव, आयोजक शुभारम्भ मासिक व.पत्रिकाका दिनेश सिम्पाने पोखरेल, अनन्त पराजुली, अभियान्ता अच्युत भण्डारी, जिल्ला समन्वय समितिका सदस्य अहिल्या मेहता लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा दुई सय बढी हनुमान चालिसा, गिता वितरण गर्दै दुई सय बढी गुर्जो रोपण समेत गरेको बताइएको छ । कार्यक्रममा अभियन्ता कमलराज लबटले गुर्जोको महत्व, बिशेषता र उपयोगिताको बारेमा जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया