इनरुवा। इनरुवा वडा नं. ८ गणेशपुर टोल र बङकुलुवामा नेपाल कम्युनिष्ट (नेकपा) ले शुक्रबार पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको छ। कायक्रममा सयौ बढिले विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन।

पार्टी प्रवेश गर्नेहरुलाई नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज भिम आचार्यले अविर लगाएर स्वागत गरेका थिए। अबको दश वर्ष नेकपाको सरकर रहदाँ जनतालाई शिक्षा, स्वास्थ्य, सडक, गरिबी, युवा तथा बृद्ध लक्षित कार्यक्रमको योजनालाई जनता समक्ष पुर्याउने आचार्यले बताए। ठुला पर्यटनको योजनाहरु बनाउने, ठुला बिजुलीका योजनाहरु बनाउने, कृषिको विकास गर्ने, सिचाईको व्यावस्था गर्ने, उद्योग धन्दाको विकास गर्ने र रोजगार सृजना गर्ने जस्ता योजनाहरुका साथ नेपाल कम्युनिष्ट पार्टी जनता समक्ष आएको आचार्यले पार्टी प्रवेश कार्यक्रममा जानकारी दिएका थिए ।

कार्यक्रममा नवप्रवेशीहरुलाई संवोधन गर्ने क्रममा नेकपाका केन्द्रीय सदस्य रामकुमारी चौधरी र जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु) लगायतले शुभकामना तथा स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश एकका सदस्य सरोज पोखरेल, प्रदेश सदस्य सन्तोष थारु, जिल्ला सदस्य प्रेम पौडल, शम्भु आचार्य, पर्शुराम यादव, गोपी ढकाल, इन्द्र पोखरेल, तोया गिरी, रामप्रसाद मेहता, तिर्थ अधिकारी, अशोक साह लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया