नेपाल–चीन सिमाना जोड्ने तातोपानी नाका पुनःबन्द भएको छ। तातोपानी नाकामा लोड-अनलोड गर्ने मजदुरमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछि नाका मंगलबारदेखि पुनः बन्द भएको हो। ती मजदुरहरुले नेपालमा कोरोना भाइरस संक्रमणको परीक्षण गराउँदा नेगेटिभ आएको भए पनि चीनको ल्याबमा परीक्षण गराउँदा पोजेटिभ आएका कारण आयात रोकिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

तातोपानी भन्सारका अनुसार शनिबार नेपालबाट चीनतर्फ पठाइएका २९ जना चालक तथा श्रमिकहरुमध्ये ३ जनामा चीनको ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकाले चीनले नाका बन्द गरेको हो। मंगलबार तातोपानी नाकाबाट कुनै वस्तु नभित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। २०७२ सालको बिनाशकारी भुकम्पले क्षेती पु¥याएको तातोपानी नाका आइतबारदेखि खुलेको थियो।

तपाईको प्रतिक्रिया