काठमाडौं। सडक दुर्घटनामा गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य ललित भण्डारी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्। गत महिना महेन्द्रनगरबाट धनगढी जानेक्रममा उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो।

नेपालगन्जमा उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टरमार्फत राजधानीको ग्रान्डी अस्पताल ल्याइएको थियो। उनको‍ खुट्टा र हात धेरै ठाउँमा भाँचिएको थियो। चिकित्सकले ललितलाई केही महिना आराम गरेर रिह्याब गर्न सुझाव दिएका छन्। स्रोतका अनुसार नेपाल क्रिकेट खेलाडी संघले ललितलाई हेलिकप्टरबाट ल्याउँदा लागेको तीन लाख ८० हजार रुपैयाँ व्यहोरेको छ भने परिवारलाई ६ लाख २८ हजार रुपैयाँ हस्तान्तरण गरेको छ। ललित घाइते भएपछि संघले सहयोग अभियान चलाएको थियो।

तपाईको प्रतिक्रिया