काठमाडौं । आज देशभर ३ हजार ४३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४जना रहेका छन्। जसमध्ये काठमाडौ जिल्लामा १२९६ ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना कोरोना संक्रमित थपिएको हो। हालसम्म नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ भने पछिल्लो २४ घण्टामा ११२६ आज डिस्चार्ज भएका छन्। योसंगै डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ जना पुगेको छ ।

यसैबीच आज देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएको हो। सरकारले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरेको थियो । यसैगरी आज संस्थागत आइसोलेशनमा १० हजार ५९६ जना र होम आइसोलेशनमा १४ हजार ४११ जना रहेका छन् । यस्तै आज १४ हजार २०९ जनाको कोरोना परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म मृत्यु हुनेको संख्या ५७८ पुगेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया