आज देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ।

त्यस्तै यस अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको प्रवक्ता मन्त्रालयले जनाएको छ। त्यसैगरि पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया