इनरुवा। सुनसरीका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई घरपरिवार चलाउन कठिन भएको छ। दैनिक उपभोग्य वस्तुमा मंहगी बढेका कारण उनीहरुलाई घर परिवार चलाउन कठिन भएको हो। कोरोना भाइरसको प्रभाव र निरन्तरको वर्षाका कारण दैनिक ज्यालादारीमा कठिनाई भएको मजदुरहरुको भनाई छ। दैनिक ज्यलादारी तथा मजदुरी गरी घरपरिवार चलाउदैँ आएका मजदुरहरुलाई गुजारा चलाउन कठिन स्थितीको सृजना भएको मानव अधिकार समुह भोक्राहा नरसिंह गाउँपालिकाका सह सचिव रञ्जित राम बताउछन। सह सचिव रामका अनुसार दैनिक ज्यालादारीमा काम गर्ने कामदारको दैनिक न्यून्तम पारिश्रमिक ३ सय २५ र मंहगी भत्ता १९२ गरी ५ सय १७ भएपनि आम्दानी भन्दा खर्च बढी रहेको बताए ।

उनले भने दैनिक ज्यालामा काम गर्ने कामदारहरुले अहिलेको मँहगी अवस्थामा न त आफ्ना छोराछोरीहरुलाई गुणस्तरीय शिक्षा दिन सक्छन् न त उनीहरुको दैनिक गर्जो टर्छ। कोरोनाको कहरले विश्व नै जुधिरहेको बेला हाल सुनसरीका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई दैनिक पारिश्रमिक ५ सय १७ रुपैयाँ दैनिक उभोग्यवस्तुमा खर्च गर्न निकै नै कठिन छ। कोराना भाइरसले विकराल रुप लिए सँगै सुनसरीमा समेत खाधान्नवस्तुहरु बजारमा एकाएक महंगीएको छ ।

तपाईको प्रतिक्रिया