काेराेना संक्रमण सम्बन्धि जिल्ला प्रशासन कार्यालय सुनसरीले नयाँ निर्णय सार्वजनिक गरेकाे छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सुचना जारी गर्दै नयाँ निर्णय सार्वजनिक गरेकाे हाे । जसमा चाडपर्व लक्षित सुरक्षा व्यावस्था र काेराेना संक्रमणका कारण लगाएका प्रतिबन्धका सम्बन्धमा रहेकाे छ । त्यसैगरी विद्यालय संचालन सम्बन्धि पनि निर्णय भएकाे छ । जिल्ला प्रशासनले खुला स्थानमा सञ्चालन हुने साप्ताहिक दैनिक हाटबजारमा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरी मात्र सञ्चालन गर्न आग्रह गरेकाे छ । त्यसैगरी असाेज २५ गतेबाट देखी साँझ ८ बजेबाट सम्पूर्ण बजार, पसल तथा व्यवसाय पूर्ण रुपले बन्द गरिने भएकाे छ ।

बजारमा खोलिएका पसलहरुमा स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्ने । एक व्यक्ति र अर्को व्यक्ति बिचको दुरी न्यूनतम २ मिटर हुने गरेर मात्र पसल भित्र ग्राहक छिर्न दिने तथा पसल बाहिर हात धुन साबुन पानि अथवा स्यानिटाईजर राख्नु पर्ने व्यवस्था पसल सञ्चालनकले मिलाउनु पर्ने प्रशासनले बताएकाे छ । यसकाे उल्लंघन गरेमा उक्त पसल बन्द गरिने र प्रचलित कानून अनुसार कारवाही समेत हुने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएकाे छ ।

सञ्चालनमा रहेका लामो र छोटो दुरी तथा स्थानीय स्तरमा सञ्चालन हुने यातायातकासाधनले अनिवार्य रुपमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ । स्थानीयतहले बस छुट्ने स्थान र बस स्टप व्यवस्थापन गर्नु पर्ने भएकाे छ। सो स्थानमा हात धुने साबुन पानिको व्यवस्था बसपार्कमा यातायात कम्पनिले र चढ्ने तथा ओराल्ने स्ट्याण्ड (वस स्टप) हरुमा सम्बन्धित स्थानीय तहले गर्नु पर्ने प्रशासनकाे भनाइ रहेकाे छ ।

नेपाल सरकार, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी निर्देशिकामा रहेर विद्यालय, पाठशाला सञ्चालन गर्न अनुमति दिइएकाे छ । स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्ने गरी सानाे सहुममा स्थानीय तहको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने भनिएकाे छ ।

तपाईको प्रतिक्रिया