काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्। थप संक्रमित संगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको जानकारी दिएको हो ।

जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा यतिधेरै संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहेको छ । यस्तै आज थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्य ६१४ पुगेको छ।

तपाईको प्रतिक्रिया