काठमाडौं। शनिबार गरिएको पीसीआर परीक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार संक्रमण पुष्टि भएकाे मन्त्री भट्टराइले समाजिक संजाल मार्फत जानकारी दिए । उनले भनेका छन् “गत सोमबार कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु।”

हालसम्म हल्का ज्वोरो बाहेक अरु समस्या नदेखिएको उनले बताएका छन् । केहि दिन यता सम्पर्कमा आएकालाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र भन्दै उनले प्रश्न समेत गरेका छन् । मन्त्री भट्टराइ नेपालमा काेराेना संक्रमण पुष्टि हुने अहिले सम्मका उच्च पदस्थ व्यक्ति हुन् । साथै स‌ंघीय सरकारका मन्त्रीमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।

तपाईको प्रतिक्रिया