इनरुवा। आज इनरुवा नगरपालिकाले पुनः स्वाब संकलन गरेको छ। करिब महिना दिन पश्चात इनरुवा नगरपालिकाले पिसिआर परीक्षणकालागि स्वाब संकलन गरेको हो। आज इनरुवा क्षेत्र भित्रका ९४ जनाको स्वाब संकलन गरिएको छ । कोरोना संग मिल्दो जुल्दो लक्ष्ण र चिन्ह देखिएकाहरुको मात्र आज स्वाव संकलन गरिएको इनरुवा स्वास्थ्य शाखाका संतोष देवले इनरुवा अनलाईनलाई बताए।

स्वाब संकलन गरिएकाहरुमा इनरुवा वडा नं. १ का १४ जना, वडा नं. २ का १ जना, वडा नं. ३ का ३९ जना, वडा नं. ४ का ११ जना, वडा नं. ५ का २ जना र वडा नं. ६ का ६ जना रहेका छन। त्यसैगरि आजै गरिएको स्वाब संकलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका २१ जना प्रहरीहरु समेत रहेका छन्। सरकारले कोरोना परीक्षणको दायरा खुम्च्याए संगै करिब महिना दिन पश्चात आज इनरुवा स्थित सोमबारे हाटमा स्वाब संकलन गरिएको थियो। आज स्वाब संकलन गरिएकाहरुमा अधिकांशजसो लक्ष्ण र चिन्ह देखिएकाहरु तथा कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरु थिए । देशमा कोरोना संक्रमितको चाप बढे संगै इनरुवा नगरपालिका क्षेत्रमा समेत यसको प्रभाव नकारात्मक रुपमा फैलिरहेको पाईन्छ। इनरुवामा समेत कोरोना संक्रमितको संख्यामा वृद्दि हुदै गर्दा पुनः कोरोना परीक्षणकालागि स्वाब संकलन कार्य गरिएको हो।

तपाईको प्रतिक्रिया