विराटनगर। किनमेलका लागि भारतको जोगवनी जाने ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सीमावर्ति इस्लामपुर नाकाबाट सीमासिल भएको नाका पार गरेर भारतमा किनमेल गर्न जानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार सोही नाकाबाट भारततर्फ किनमेलका लागि जाने ३० जनालाई नियन्त्रणमा लिएर मोरङ प्रहरीले छाडेको थियो । दुई देशका सरकारको सहमतिमा गरिएको सीमा बन्दको अवज्ञा गर्नेलाई कारवाहीका दायरामा ल्याएर पेशेबर कारोबारीलाई निरुत्साहन गरिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया