विराटनगर। प्रदेश १ सरकारद्धारा विराटनगरमा सञ्चालित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड– १९) का कडा बिरामीका लागि प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो ।

सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरेका छन् । प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थप गर्दै लगेको छ । अस्पतालमा आईसीयू, भेन्टिलेटर र आइसोलेसन गरी ८० वटा बेड अहिले सञ्चालनमा रहेको व्यवस्थापक बस्नेतले बताए । कोभिड अस्पतालमा लक्षण सहितका संक्रमितको उपचार हुने गरेको छ । अस्पतालबाट मंगलबारसम्म ४६१ जना डिस्चार्ज भएका छन् । ६२ जना अहिले उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया