इनरुवा । इनरुवा नगरपालिकाको कार्यालय भोलीबाट बन्द हुने भएको छ। नगरपालिकाले आज एक सुचना जारी गर्दै नगरपालिका बन्द गर्ने निर्णय गरेको हो। इनरुवा नगरपालिका र वडा कार्यालयका केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले मिती २०७७।०६।२९ गते देखि अर्को सुचना प्रकाशन नभए सम्मकोलागि नगरपालिका बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ।

नगरका जनप्रतिनिधिहरु तथा अन्य कर्मचारीहरु कोरोनाको उच्च जोखिममा रहेको र नगर क्षेत्रमा विगत केही दिन देखि कोरोना संक्रमण समुदाय स्तरमै अत्याधिक मात्रामा फैलिएकोले कोरोना संक्रमण नियन्त्रणकालागि इनरुवा नगरपालिका र यस अन्तर्गतका सबै कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका सेवाहरु बन्द गरिएको हो। नगर प्रमुख राजन मेहताद्वारा हस्ताक्षरित उक्त सुचनामा कोरोना जोखिम रोकथाम तथा नियन्त्रणमा सहयोग गरि दिन हुन सम्पूर्ण नगरबासीहरु र सरोकारवालाहरुमा नगरपालिकाले अनुरोध समेत गरेको छ।

तपाईको प्रतिक्रिया