सुनसरी। भोक्राहा नरसिंह वडा नं. ३ का ४० बर्षीय चन्द्र नारायण साह प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन । आज विहान ७ बजे विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साहलाई नरसिंह वडा नं. ३ शिवगंज चौकबाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण संगै साहले बोकेको प्लाष्टिकको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखिएको लागुऔषध डाइलेक्स-डिसि ३० बोतल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया