इनरुवामा आज एकै दिन छ महिने शिशु सहित ४५ नयाँ संक्रमित थपिएका छन् । असोज २५ गते सोमबारे हाटमा जम्मा ९४ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएका मध्ये ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ६ महिने शिशु देखि ८० वर्षिय वृद्दा समेत रहेका छन। ६ महिने शिशु इनरुवा वडा नं. १ का हुन भने ८० वर्षिय वृद्दा इनरुवा ४ कि हुन।

आज थपिएका संक्रमितहरु इनरुवा नगरक्षेत्रमा रहेका सरकारी कार्यालयहरु, जिल्ला प्रहरी कार्यालय तथा बैंक वित्तिय संस्थाका हुन। स्वास्थ्य शाखा इनरुवाका मिश्रिलाल मेहताले दिएको जानकारी अनुसार इनरुवा वडा नं. १ का ९ जना, इनरुवा वडा नं. २ का २ जना, इनरुवा वडा नं. ३ का १० जना, इनरुवा वडा नं. ४ का ५ जना, इनरुवा वडा नं. ५ का १ जना, इनरुवा वडा नं. ६ का ३ जना कोरोना संक्रमितहरु थपिएका हुन। त्यसैगरि जिल्ला प्रहरी कार्यालय सुनसरीका १५ जना रहेका छन।

करिब महिना दिन पश्चात इनरुवा नगरपालिकाले कोरोना संग मिल्दो जुल्दो लक्ष्ण र चिन्ह देखिएकाहरुको मात्र कन्ट्याक ट्रेसिंगका आधारमा असोज २५ गते स्वाव संकलन गरेको स्वास्थ्य शाखा इनरुवाका सन्तोष देवले बताए। देवका अनुसार इनरुवा नगरपालिका वडा नं. २ मा कार्यरत कर्मचारी रहेका छन। त्यसैगरि भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका ६ जना कोरोना संक्रमित रहेका छन। पशु कार्यालय सुनसरी, वाणिज्य बैंक तथा अनुशंधान कार्यालयका १-१ जना कर्मचारी संक्रमित रहेका छन। हिजो मात्र इनरुवा अस्पतालबाट स्वाब संकलन गरिएको २० जना मध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जसमा इनरुवा अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारी र जिल्ला स्तरिय नेताहरु समेत संक्रमित पाइएका हुन् ।

तपाईको प्रतिक्रिया